Karnali Media
२०८३ साउन ६ , बुधबार

सुनको मूल्य बढेर तोलाको एक लाख ३९ हजार २ सय रुपैयाँ पुग्यो



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला १७ सय रुपैयाँले बढेको छ ।

आज सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


यस्तै, तेजाबी सुन प्रतितोला र एक लाख ३८ हजार ५०० मा निर्धारण भएको हो ।

यसैगरी, चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ७ सय ५० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८१ वैशाख ४ गते मंगलबार