Karnali Media
२०८३ कात्तिक ११ , मंगलबार

शिक्षामन्त्री सुमना श्रेष्ठको आग्रह, ‘कम्तीमा १२ सम्म पढाइदिने वाचासहित भर्ना गरौँ’



काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले कम्तीमा कक्षा-१२ सम्म पढाइदिने वाचासहित भर्ना गर्न आग्रह गरेकी छन्।

उनले सामाजिक सञ्जालबाट यसका लागि आफूबाट हुने सहयोग गर्ने पनि प्रतिबद्धता जनाएकी छिन्। उनले आफू स्कुल गएर पढेर नै यो अवस्थामा आइपुगेको पनि बताएकी छन्।


उनले भनिन्, ‘वैशाख लागेसँगै स्कुलहरूमा भर्ना पनि लागेको छ, बालबालिकालाई भर्ना गराउन नबिर्सिनु होला है, म स्कुल गएर, पढेर, सिकेर नै जीवनमा असल बन्ने मार्गमा हिँड्न सकेकी हुँ, म आज जहाँ छु त्यो सबै पढेर र गरिखाने ज्ञान, बोली, सीप र व्यवहार सिकेर नै भएको हो, त्यसकारण हजुरहरू पनि आफ्ना बालबालिकालाई स्कुल पुर्‍याउन मद्दत गर्नुहोस्, आज भर्ना गर्ने विद्यार्थीलाई कम्तीमा १२ सम्म पढाइदिने वाचा सहित भर्ना गरौँ, मबाट हुने सहयोग गर्नेछु।’

सरकारले नयाँ शैक्षिक सत्रका लागि वैशाख २ गतेदेखि देशभर भर्ना अभियान सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति : २०८१ वैशाख ६ गते बिहीबार