Karnali Media
२०८३ भदौ २२ , सोमबार

युएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने सपना चकनाचुर



काठमाडौं । एसीसी प्रिमियर कप फाइनल प्रवेशका लागि युएईविरुद्ध खेलमा नेपाल ६ विकेटले पराजित भएको छ। खराब ब्याटिङका कारण युएईसँग पराजित भएसँगै अपराजित रहँदै सेमिफाइनलमा पुगेको नेपाल एसिया कप खेल्नबाट बञ्चित भएको हो।

ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १२० रनको लक्ष्य युएईले १७ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।


युएईको जितका लागि ‌विष्णु सुकुमारानले २८ रन,एलिशान शराफुले ५५ रन, महम्मद वासिमले ११ रन, साहेद हैदरले १४ रन र असिफ खानले १० रनको योगदान गरे।

नेपालका लागि गुल्शन झाले दुई विकेट, सोम्पाल कामी र ललित राजवंशीले एकरएक विकेट लिए।

प्रकाशित मिति : २०८१ वैशाख ७ गते शुक्रबार