Karnali Media
२०८३ जेठ २८ , बिहीबार

कर्णालीमा मुख्यमन्त्रीले १५ दिनपछि थपे एक मन्त्री



सुर्खेत । कर्णाली प्रदेश सरकारमा एक जना मन्त्री थपिएका छन्। ​​

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट रनसिंह परियारले विना विभागीय मन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका हुन्।

उनलाई कर्णाली प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका छन्। मन्त्रीमा नियुक्त भएका परियार माओवादी संसदीय दलका प्रमुख सचेतक हुन्। गत चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री कँडेलले १५ दिनपछि मन्त्रिपरिषद् विस्तार गरेका हुन्।


सत्ता साझेदार दलबीच मन्त्रालय भागबण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तारमा विलम्ब भएको हो । एमालेले मुख्यमन्त्रीसहित चार र माओवादीले चार मन्त्रालय लिने सहमति जुटेपछि अन्ततः एक मन्त्रीलाई आज शपथ खुवाइएको हो।

मुख्यमन्त्री कँडेलले बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिन लागेकाले शुक्रबारसम्म सबै मन्त्री नियुक्त गरिने बताइएको छ ।

प्रकाशित मिति : २०८१ वैशाख १२ गते बुधबार