सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले विश्वासको मत पाएका छन् ।
आज बिहिबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कंडेललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीका सांसदले विश्वासको मत दिएका हुन् ।
मतदानमा सहभागी २३ जना सांसदमध्ये मुख्यमन्त्री कंडेलको पक्षमा मत परेको छ भने विपक्षमा १२ मत मात्रै परेको छ । यस्तै १ मत तटस्थ रहेको छ म
कंडेललाई नेकपा एमालेका, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले पक्षमा मत दिएका छन् । भने नेपाली काँग्रेसका सांसदले विपक्षमा मत दिएका छन् । यस्तै राप्रपा तटस्थ बसेको छ ।
संवाददाता । बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित