Karnali Media
२०८३ असार १६ , मंगलबार

वेस्ट इन्डिज ‘ए’ ले टस जित्यो, नेपालले फिल्डिङ गर्दै



नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिज ए बीच दोस्रो टि२० खेल आज हुँदैछ ।

वेस्ट इन्डिजले टस जितेर पहिलो ब्याटिङ गर्दैछ । नेपालले पहिलो फिल्ड गर्नेछ ।


नेपाली टोलीले पहिलो खेलबाट ५ परिवर्तन गरेको छ । लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकालले आज खेल्दैछन् । पहिलो खेलबाट विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, अभिनाश बोहोरा र ललित राजवंशी बाहिर छन् ।

प्रकाशित मिति : २०८१ वैशाख १६ गते आइतबार