Karnali Media
२०८३ भदौ २२ , सोमबार

नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य



दोस्रो टी–२० खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाली राष्ट्रिय टोलीलाई एक सय ६१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा रोस्टन चेजको कप्तानीमा रहेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको हो । नेपाली स्पिनर चम्किएपछि वेष्ट इन्डिज कम योगफल मै रोकिएको हो ।

३६ वर्षीय दायाँ हाते ब्याटर आन्द्रे डेभिड स्टेफन फ्लेचरले ३६ बलमा सर्वाधिक ४३ रन बनाएका हुन् । उनले चार चौका प्रहार गरे । प्लेचरले वेष्ट इन्डिजबाट २५ एकदिवसीय र ५४ टी–२० आई खेलिसकेका छन् ।


नवौं नम्बर क्रिजमा आएका गुडाकेश मातीले आक्रामक ब्याटिङ गर्दै आठ बलमा दुई चौका र चार छक्कासहित ३३ रन बनाएका हुन् । अन्तिम ओभरमा उनले दीपेन्द्रसिंह ऐरीलाई २२ रन हानेका हुन् ।

प्रकाशित मिति : २०८१ वैशाख १६ गते आइतबार