सुर्खेत । योग जिवनका लागि अत्यावश्यक तत्व हो । हाम्रो मानसिक, सामाजिक, आध्यात्मिक, व्यक्तित्व विकासमा योगले महत्वपूर्ण भुमिका खेल्ने गर्दछ । यसैका लागि विरेन्द्रनगर ५ मा रहेको गणेश मन्दिरमा योग साधना तथा आयुर्वेदिक सिबिर संचालन भएको छ ।
विरेन्द्रनगर नगरपालीकाको सहयोग, प्रदेश आयुर्वेदिक औषधालयको समन्वय साथै हिमाल सिद्दमहायोग र उज्यालो जिवनको सहकार्यमा योगको महत्व र समुदाय स्तरमा स-चेतना फैलाउने उद्देश्यले आज सोमबारबाट ७ दिने समुदाय योग स्वयंसेवक तालीम सुरु भएको हो ।
दुर्गा प्रसाद गौलीको अध्यक्षतामा नगरप्रमुख देवकुमार सुवेदी अन्य साझेदार संस्थाका प्रतिनिधि र प्रशिक्षार्थिका बिच आज औपचारिक कार्यक्रम गरेर योग साधना प्रशिक्षण कार्यक्रम सन्चालन गरिएको थियो ।
कार्यक्रममा वोल्दै विरेन्द्रनगर नगरपालीकाका नगरप्रमुख देवकुमार सुवेदीले “योग सबैलाई अत्यावश्यक छ, त्यसैले योगलाई समाज र समुदायका व्यक्तिसम्म पुर्याउनु पर्छ ।” यो भन्दा पहिले पनि विरेन्द्रनगर नगरपालिकाले योग साधना कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने बताउनुभयो ।
औपचारिक कार्यक्रमका अध्यक्ष दुर्गा प्रसाद गौलीले “योग पहिले देखि नै हाम्रा पुर्खाहरुले गर्दै आउनुभएको छ हाम्रा रितिरिवाजमा योग छ । योग भनेको व्याययाम मात्र नभएर यम,नियम, आसन, प्रणयम हो । योगले हाम्रो जीवन सार्थक बनाउछ ।” उहाले भन्नुभयो ।
सात दिनसम्म उक्त कार्यक्रमको प्रशिक्षण हरि उपाध्याय र सेर बहादुर खड्काले गर्नुहुनेछ । उहाहरुले सात दिनसम्म योगको सैद्धान्तिक ज्ञ्यानसङ्गै अभ्यास गर्ने बताउनुभयो । प्रशिक्षणमा सहभागीले प्रशिक्षण पश्चात् आफ्नो समाज, बिधालय र कार्यक्षेत्रमा यसको महत्व बुझाउन सहयोग पुर्याउने पनि यो कार्यक्रमको उद्देश्य छ ।
संवाददाता । सोमबार, चैत ०७, २०७८ मा प्रकाशित