सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री यामलाल कंडेलले मुख्यमन्त्री भएको २१ औं दिनमा मन्त्रीपरिषद् विस्तार गरेका छन् ।
आज नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनियताको सपथ लिएका छन् । सपथ ग्रहण गर्ने मन्त्रीहरुमा माओवादीबाट दुर्गबहादुर रावत, महेन्द्र केसीवीरबहादुर शाही तथा एमालेबाट शेरबहादुर बुढा, राज्यमन्त्री गमता विक रहेका छन् ।
यस्तै मुख्यमन्त्री कंडेलले मन्त्री बनाएका एमाले नेता विनोद शाहले भने आफुले रोजेको मन्त्रालय नपाएको भन्दै सपथ ग्रहण बहिष्कार गरेका छन् ।
संवाददाता । मङ्गलबार, बैशाख १८, २०८१ मा प्रकाशित