Karnali Media
२०८३ भदौ २२ , सोमबार

ज्ञानेन्द्र शाहीले भने- ‘कर्णालीलाई बजेट दिन नसक्ने भए सरकार छोड्नुस् हामी चलाउँछौँ’



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णालीका जनतालाई रेल र सुरुङ मार्ग नभई सडक चाहिएको बताएका छन् ।

बिहीबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले बजेट दिन नसके सरकारबाट हटेर मार्ग प्रशस्त गर्न आग्रह गरे । उनले कर्णालीको नाग्म हुँदै रारा जाने बाटो पिच गर्न माग गरे।

उनले सरकारको कुर्सीमा बसेर बजेट छैन र दिन्न भन्न नमिल्ने बताए ।


शाहीले भने, ‘अहिले अब बजेट माग्यो भने बजेट छैन भन्छन् । सरकार छोड्नुस् न त हामी चलाउँछौँ । छैन भने सरकार छोड्नुपर्‍यो नि त । बजेट छैन भनेर हामीलाई गाली गरेर हुन्छ रु कहाँबाट ल्याउनुपर्ने हो, के गर्नुपर्ने हो, सरकारको कुर्सीमा बस्ने अनि बजेट नदिने हुन्छ रु’

सांसद शाहीले सुर्खेतबाट नाग्म हुँदै जुम्ला सदरमुकाम जोडिने बाटो बन्नुपर्ने बताए ।

प्रकाशित मिति : २०८१ वैशाख २१ गते शुक्रबार