दैलेख । दैलेखको सदरमुकाममा एक अटोपार्टसमा लागेको आगोले करोडौंको क्षति भएको छ । आज दिउँसो साजन अटोपार्टसमा लागेको आगो अन्य दुईवटा पसलसम्म पुगेर पूर्ण रुपमा पसलहरु नष्ट हुँदा करोडौंको क्षति भएको हो ।
साजन अटोपार्टसबाट सल्केको आगो सम्झना इन्टरप्राइजेज र सम्झना फोटो स्टुडियोमा पनि सल्किएको थियो ।
आगलागीबाट साजन अटोपार्टसमा करिब ५० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ भने सम्झना इन्टरप्राइजेज र सम्झना फोटो स्टुडियो पनि आगलागीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। आगलागिबाट समान पूर्ण रुपमा नष्ट हुनुका साथै सामान खरिदका लागि राखिएको नगदसहित करिब दुई करोडभन्दा बढीको क्षति भएको सम्झना इन्टरप्राइजेजका संचालकले बताएका छन् ।
अहिले आगलागी नियन्त्रणमा लिइएको छ । भने क्षतिको विवरण लिने कार्य जारी रहेको दैलेख प्रहरीले जनाएको छ ।
संवाददाता । मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित