सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा तेस्रो नमुना कप खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नमुना युवा क्लब वीरेन्द्रनगर-४ भैरबस्थानले आयोजना गरेको प्रतियोगिताको कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले उद्घाटन गरेका छन् ।
प्रतियोगिता बैशाख २६ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका विभिन्न ३४ टिमहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।
खुला पुरुष ब्याडमिन्टन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमशः ४२ हजार, ३२ हजार र २२ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।कार्यक्रमको उद्घाटनमा बोल्दै कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले खेल स्वास्थ्यका लागि मात्र नभएर राष्ट्रका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको हुँदा खेलकुद क्षेत्रको विकासम सबै लाग्नुपर्ने बताए । खेलप्रति आफ्नो पनि अभिरुचि भएको बताउँदै उनले यसका लागि पूर्वाधार निमार्ण र खेल क्षेत्रको प्रवद्र्धनमा आफु लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
यस्तै, कार्यक्रममा बोल्दै नमुना युवा क्लबका अध्यक्ष गणेशमान खनालले नमुना युवा क्लबले विभिन्न सामाजिक गतिबिधिसंगै खेल क्षेत्रको विकासमा पनि काम गर्दै आएको बताएका छन् । सबैको साथ र सहयोगले तेस्रो नमुना कप खुल्ला पुरुष ब्याटमिन्टन प्रतियोगिता संचालन गर्न सफल भएको बताउँदै उनले आगामी दिनमा पनि यस्तै विभिन्न कार्यक्रमहरुको आयोजना क्लबले गर्ने बताएका छन् ।
उद्घाटन कार्यक्रमका तस्बिरहरुः
संवाददाता । बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित