सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मध्यपश्चिम डेण्टल ल्याव एण्ड क्लिनिकले निःशुल्क स्वास्थ्य शिविरको संचालन गरेको छ ।
बिहिबार वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १२ मा रहेको ग्रामिण सहकारीको हलमा संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट प्रत्यक्ष १ सय ६१ जनाले सेवा लिएका छन् । शिविरमा सामान्य दन्त रोगको उपाचार गरिएको थियो । साथै जटिल समस्या भएकाहरुलाई विशेष छुट सहित उपाचार गर्ने मध्यपश्चिम डेण्टल ल्याव एण्ड क्लिनिकका प्रबन्धक जीवन बन्जाडेले बताएका छन् ।
समुदाय स्तरमा गएर नागरिकलाई निःशुल्क दन्त रोगको उपाचार गर्नुका साथै मुख तथा दन्त स्वास्थ्य सम्बन्धि सचेतना फैलाउँने उदेश्यले स्वास्थ्य शिविर संचालन गरिएको प्रबन्धक बन्जाडेको भनाइ छ ।
स्वास्थ्य शिविरमा डा. शक्ति बि.कले चेकजाँच तथा उपाचार गरेका थिए । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष टिकाराम चपाईँले स्वास्थ्य शिविर आयोजना गरेकोमा धन्यवाद समेत व्यक्त गरेका थिए ।
संवाददाता । बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित