Karnali Media
२०८३ असार १६ , मंगलबार

“म” (कविता)



बुझी बुझी बुझ पचाएको म।
सोची सोची सोच हराएको म।
खोज्दा खोज्दा खोज हराएको म।
माग्दा माग्दा माग हराएको म।
साँच्दा साँच्दा साँझ बिर्सेको म।
नाच्दा नाच्दा नाच बिर्सेको म।
जाँच्दा जाँच्दा जाँच बिर्सेको म।
माँझ्दा माँझ्दा माझ बिर्सेको म।
नाप्दा नाप्दा नाम बिर्सेको म ।
काँप्दा काँप्दा काम बिर्सेको म।
रुँदा रुँदा राम बिर्सेको म।
छुँदा छुँदा डाम बिर्सेको म।
रोक्दा रोक्दा रोग बिर्सेको म।
सोध्दा सोध्दा प्रश्न बिर्सेको म।
जाग्दा जाग्दा निन्द्रा बिर्सेको म।
भाग्दा भाग्दा भविष्य बिर्सेको म।
पाक्दा पाक्दा ताप बिर्सेको म ।
धाउँदा धाउँदा धाम बिर्सेको म।
सुन्दा सुन्दा साहु बिर्सेको म।
लड्दा लड्दा बाउ बिर्सेको म।
अब पचाउन, हराउन र बिर्सन बाकि के नै छ र ?
दाउ बिर्सेको म,आफ्नै भाउ बिर्सेको म र अनेकौं घाउ अनि गाँउ बिर्सेको म।
लेखक : नारायण प्रसाद उपाध्याय

प्रकाशित मिति : २०८१ जेठ ७ गते सोमबार