Karnali Media
२०८३ जेठ २८ , बिहीबार

मन्त्री वीनोदकुमार शाहले लिए सपथ



सुर्खेत । कर्णाली प्रदेशको कृषि तथा भूमि व्यवस्थामन्त्रीमा वीनोदकुमार शाहले सपथ लिएका छन् । मन्त्री शाहले आज प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनियताको सपथ लिएका हुन ।

मुख्यमन्त्री यमलाल कँडेलले शाहलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नियुक्त गरेका हुन् । शाहले यसअघि गत वैशाख १८ गते कृषि मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गरेका थिए ।


मन्त्रीमा नियुक्त भएसंगै शाहले सपथ ग्रहणसँगै आज पदभार ग्रहण समेत गरेका छन् ।

प्रकाशित मिति : २०८१ जेठ ९ गते बुधबार