Karnali Media
२०८३ असार १६ , मंगलबार

वीरेन्द्रनगरमा कारको ठक्करबाट एकजनाको मृत्यु



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित रत्न राजमार्गमा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

वीरेन्द्रनगरको बसपार्कबाट पिपिरातर्फ जाँदै गरेको नम्बर नखुलेको कारले कारले बुधबार राती तीनकुनेमा वीरेन्द्रनगर–१२ का ७२ बर्षिया लोक बहादुर शाहीलाई ठक्कर दिएर थियो ।


कारको ठक्करबाट गम्भिर घाइते भएको उनको बुधबार राती प्रदेश अस्पतालमा मृत्यु भएको छ । मृत्यु पश्चात आफन्तले कारको खोजी हुनुपर्ने भन्दै सडक अवरुद्ध गरेका छन् ।

प्रहरीका अनुसार ठक्कर दिने कारका खोजी कार्य जारी रहेको छ ।

प्रकाशित मिति : २०८१ जेठ १० गते बिहीबार