Karnali Media
२०८३ भदौ २७ , शनिबार

मुगुमा उड्न लागेको विमानले ठक्कर दिँदा स्टेसन प्रमुख घाइते



मुगुको रारा विमानस्थलमा उड्ने लागेको विमानले ठक्कर दिँदा एक कर्मचारी घाइते भएका छन्।

बिहीबार नेपालगन्जका लागि उड्न लागेको सीता एयरको ट्विनअटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानका मुगु स्टेसन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन्।


भाम विमानका चालकलाई विमान उडान गर्न संकेत गरिरहेका थिए। विमान बिस्तारै गुड्दै थियो। सोही बेला चालकले बोलाएपछि विमानतर्फ जाँदै गर्दा विमानको अघिल्लो भागले उनलाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

प्रकाशित मिति : २०८१ जेठ १० गते बिहीबार