सुर्खेत । नेपाली काँग्रेसले कर्णाली प्रदे सभामा अवरुद्ध गरेको छ । प्रदेश सभाको चौथो अधिवेशनको दोस्रो वैठकमा प्रमुख प्रतिपक्षी दल काँग्रेसले सभा अवरुद्ध गरेको हो ।
आइतबार सुरु भएको बैठकको कार्यसूची प्रारम्भ हनुअघि नै नेपाली काँग्रेसका सांसद सुरेश अधिकारीले रातो किताबमा उल्लेख भएका र सभाले पारित गरेको कतिपय योजनाहरु मौखिक रुपमा कार्यान्वयनमा जान रोकिएको भन्दै सभा चल्न नदिने घोषणा गरेका हुन् ।
उनले स्रोत सुनिश्चित भएका योजनाहरु चालु आर्थिक बर्षको साउन महिनाबाट नै सञ्चालनमा आउनुपर्ने भएपनि मौखिक आदेशमा आजसम्म कार्यान्वयनमा नगएको बताए ।
काँग्रेस सांसद हिक्मत विष्टले सभा सञ्चालनको वातावरण बनाएर मात्र अघि बढ्न सभामुलाई आग्रह गरे। आजको वैठकमा प्रदेश सरकारको विनियोजन विधेयक, २०८१ माथि छलफल गर्ने कार्यसूची थियो ।
काँग्रेसको अवरोधपछि प्रदेश सभा ३० मिनेटका लागि स्थगित भएको छ ।
संवाददाता । आइतबार, जेठ १३, २०८१ मा प्रकाशित