Karnali Media
२०८३ साउन ६ , बुधबार

कर्णाली प्रदेश सभा वैठक सोमबारसम्मका लागि स्थगित



सुर्खेत । कर्णाली प्रदेश सभाको वैठक सोमबारसम्मका लागि स्थगित भएको छ । आइतबार बसेको वैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेपछि पूरा चल्न सकेको थिएन ।

नेपाली काँग्रेसको निरन्तर अवरोधका बीच सभामुखले आधा घण्टाका लागि प्रदेश सभा वैठक स्थगित गरेका थिए । स्थगनपछिको छलफलमा दलहरुबीच कुरा नमिलेपछि सूचना टाँसेर सोमबारसम्मका लागि वैठक स्थगित गरिएको हो ।


प्रि–बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको आइतबारको वैठकमा नेपाली काँग्रेसले १० लाखमुनिका योजना कार्यान्वयनमा भएको यसअघिको दलहरुबीचको सहमति कार्यान्वयनमा भद्रगोल भएको भन्दै अवरोध गरेको थियो ।

नेपाली काँग्रेसले चालु आर्थिक बर्षको बजेटमा परेको १० लाख भन्दा मुनिका योजनाहरु कार्यान्वयनको विषयमा यकिन सहमति नभएसम्म संसद चल्न नदिने बताएको छ ।

प्रकाशित मिति : २०८१ जेठ १३ गते आइतबार