Karnali Media
२०८३ जेठ २६ , मंगलबार

कर्णाली प्रदेशलाई जडिबुटीको हब बनाउने



सरकारले आगामी आर्थिक वर्षमा प्रत्येक प्रदेशलाई फरक आर्थिक हवका रूपमा विकास गर्ने लक्ष्य सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै सरकारले यस्तो घोषणा गरेको हो ।

“निजी क्षेत्रसँगको सहकार्यमा प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्रको रूपमा विकास गरिनेछ,” अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्य प्रस्तुत गर्दै भने, “यस अन्तर्गत कोसीलाई उद्योग, मधेसलाई कृषि, वाग्मतीलाई सूचनाप्रविधि, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्यम, कर्णालीलाई जडिबुटी र सुदूरपश्चिमलाई धार्मिक पर्यटन आर्थिक हव बनाइनेछ ।”


प्रकाशित मिति : २०८१ जेठ १५ गते मंगलबार