Karnali Media
२०८३ असार १६ , मंगलबार

पेट्रोलको मूल्य ३ रुपैयाँले घट्यो



काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले मूल्य घटाएको हो ।

निगमले इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्राप्त भएअनुसार पेट्रोल लिटरमा ३ रुपैयाँ र डिजेल(मट्टितेलमा १(१ रुपैयाँ घटाउने निर्णय गरेको हो ।


नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमले विज्ञप्तिमार्फत जनाएको छ । हवाई इन्धन र एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको छ ।

प्रकाशित मिति : २०८१ जेठ १८ गते शुक्रबार