Karnali Media
२०८३ असार २ , मंगलबार

दैलेखमा झोलुंगे पुलको जाली फुत्किँदा १३ खच्चर फसे



दैलेख । दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुंगे पुलमा जालीबाट खुट्टा छिर्दा १३ वटा खच्चर दुई घन्टादेखि फसेका छन् ।

पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबिस नगरपालिकाको राकम बजार आउँदै गर्दा आइतबार बिहान पुलको छेउको जालीमा खच्चर फसेका हुन् । स्थानीयका अनुसार पुलको हिँडने भाग एकातर्फ झुकेको छ। उक्त भाग झुकेपछि खच्चरका खुट्टा जालीमुनि परेपछि खच्चर फसेका छन् ।


स्थानीय दीलबहादुर थापाका अनुसार पुलको जाली फुस्किएर खच्चरहरू छिरेका छन्, उद्दार गर्न पनि त्यति सम्भव देखिँदैन । उनले भने ‘खच्चरहरू रक्ताम्य भइसके, उद्दार गरे पनि कतिपय खच्चर मर्छन होला, उद्दार गर्न नसकिए सबै मर्छन्।’

दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहालका अनुसार घटनास्थलमा प्रहरी पुगेको छ। जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी गएको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८१ जेठ २७ गते आइतबार