दैलेख । कर्णाली नदीको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धार गरिएको छ । आइतबार बिहान अछामको पञ्चदेवल विनायक नगरपालिका–९ र दैलेखको आठबिस नगरपालिका वडा–४ जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेको १३ वटा खच्चडको उद्धार गरिएको हो ।
पुलमा फसेका १३ मध्ये २ वटा खच्चड मरेका छन् । भने बाँकी घच्चडहरुको सकुशल उद्धार गरिएको छ । स्थानीयका अनुसार एक खच्चड पुलमै मरिसकेको थियो भने अर्को जाली काटेर नदीमा झारेपछि मरेको हो ।
झोलुंगे पुलको जाली चुडिदा अड्कीएका खच्चडको जाली काटेर कर्णाली नदीमा खसाएर डुङ्गाको सहायताले उद्धार गरिएको छ । भने केही खच्चडहरुको डोरीको सहायताले पुलबाट तानेर उद्धार गरिएको छ । पुलमा फसेका खच्चडको उद्धार गर्न नेपाली सेना सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय लगायतको टोलि खटिएको थियो ।
आइतबार अछामको पञ्चदेवलबाट चामल लिन दैलेखको राकम बजार आउँदै गरेको १३ वटा खच्चड पुलमा फसेका थिए ।
संवाददाता । आइतबार, जेठ २७, २०८१ मा प्रकाशित