Karnali Media
२०८३ असार २ , मंगलबार

खच्चड फसेको घटनापछि बन्द गरिदै झोलुंगे पुल



दैलेख । झोलुंगे पुलमा खच्चड फसेको घटनापछि दैलेखको आठबिस नगरपालिका– ४ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुंगे पुल बन्द गरिने भएको छ ।

आइतबार अछामको पञ्चदेवलबाट चामल लिन दैलेखको राकम आउँदै गर्दा पुलको जाली चुडिदा १३ खच्चड पुलमै फसेका थिए । उक्त घटना पश्चात झोलुंगे पुलमा आवतजावत बन्द गर्ने तयारी भएको दैलेखको आठबीस नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष टेक बहादुर माझीले जानकारी दिए ।


पुलबाट हुनसक्ने थप सम्भावित जोखिमलाई न्यूनिकरण गर्नका लागि आवतजावत बन्द गर्न लागिएको उनको भनाई छ ।

अहिले पुलमा फसेका खच्चडको प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको छ । १३ खच्चडमध्ये २ खच्चड मरेका छन् ।

प्रकाशित मिति : २०८१ जेठ २७ गते आइतबार