सुर्खेत । सुर्खेत हस्पिटल निःशुल्क महिला तथा पुरुष बाँझोपन स्वास्थ्य शिविर हुने भएको छ ।
असार १ गते शनिबार विशेषज्ञ डाक्टरहरुद्वारा बाँझोपन सम्बन्धि स्वास्थ्य हुने सुर्खेत हस्पिटलले जनाएको छ । एञ्जल फर्टिलिटी क्लिनिकका निःसन्तान विशेषज्ञ डा. माला श्रेष्ठ तथा सिनियर क्लिनिकल इम्ब्रायोलोजिष्ट प्रिती बिष्टद्वारा शिविरमा निःशुल्क ओ.पि.डी तथा परामर्श सेवा सञ्चालन हुनेछ ।
शिविरमा सहभागीहरूले ब्लड टेस्टमा १० प्रतिशत र पुरुष बाँझोपन टेस्टमा ५० प्रतिशत छुट पाउने छन्।
सुर्खेत हस्पिटलमा आउँदो शनिबार विहान १० बजेदेखि बेलुका ४ बजेसम्म शिविर सञ्चालन हुने हुँदा गर्भ तुहिने वा गर्भ नरहने जस्ता स्वास्थ्य समस्या भएकाहरुले ०८३–५२५४१७ र ९८०२५६५२०४ मा सम्पर्क गरि आजै नाम दर्ता गराउन सक्ने हस्पिटले जनाएको छ ।
संवाददाता । बुधबार, जेठ ३०, २०८१ मा प्रकाशित