Karnali Media
२०८३ जेठ २६ , मंगलबार

कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट ल्याउँदै



सुर्खेत । कर्णाली प्रदेश सरकारले आज अगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउने भएको छ ‌।

प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार कर्णाली प्रदेश सरकारले बजेट ल्याउन लागेको हो ।

आज दिउँसो ३ बजेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट प्रस्तुत गर्नेछन् । प्रदेश सरकारले आगामी वर्षको बजेटका लागि ल्याएको विनियोजन विधेयक प्रदेश सभाबाट पारित भइसकेको छ ।


यस्तै आर्थिक वर्ष २०८/८२ को नीति तथा कार्यक्रम पनि संसदको बहुमतले पारित गरेको थियो ।

 

प्रकाशित मिति : २०८१ असार २ गते शनिबार