सुर्खेत । सुर्खेत हस्पिटलले निःशुल्क महिला तथा पुरुष बाँझोपन स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
असार १ गते शनिबार विशेषज्ञ डाक्टरहरुद्वारा बाँझोपन सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको र २० जनाले सेवा लिएको अस्पतालका व्यवस्थापक भक्त शाहीले जानकारी दिए ।
शिविरमा एञ्जल फर्टिलिटी क्लिनिकका निःसन्तान विशेषज्ञ डा. माला श्रेष्ठ तथा सिनियर क्लिनिकल इम्ब्रायोलोजिष्ट प्रिती बिष्टद्वारा शिविरमा निःशुल्क ओ.पि.डी तथा परामर्श सेवा दिइएको थियोे ।
शिविरमा सहभागीहरूले ब्लड टेस्टमा १० प्रतिशत र पुरुष बाँझोपन टेस्टमा ५० प्रतिशत छुट पाएकाे हस्पिटलले जानकारी दिएको छ ।
संवाददाता । सोमबार, असार १०, २०८१ मा प्रकाशित