सुर्खेत । ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप आजबाट सुर्खेतमा हुँदै छ । ई स्पोटर्् संघ नेपालको आयोजना र कर्णाली प्रदेश ई स्पोटर्् संघको सह–आयोजनामा असार १४ र १५ गते कर्णाली प्रदेशको सुर्खेतमा यो प्रतियोगिता आयोजना हुन लागेको हो ।
प्रतियोगितामा पब्जी मोवाईल, मोबाइल लेजेण्ड्स र ई फुटबल खेल समावेश गरिएको ई स्पोटर््स संघ नेपालले जनाएको छ । प्रतियोगिताको छनोट चरणमा पब्जीमा १ सय ३६ टिम, मोबाईल लेजेण्ड्समा ४० टिम र ई फुटबलमा १ सय ९३ खेलाडी सहभागि भएका थिए ।
छनौट चरणबाट अन्तिम चरणमा पुगेका पब्जी मोबाइलका १५ टिम सुर्खेत आएका छन् । भने स्थानीय टिमको रुपमा टिम कर्णालीले सिधै अन्तिम १६ मा प्रवेश पाएको छ । पब्जीको फाइनल शुक्रबार र शनिबार राति सुर्खेतको कौशिक भेन्युमा सञ्चालन हुनेछ । यस्तै मोबाइल लेजेण्ड्स र फुटबलको फाइनल बिहिबार राती र शुक्रबार अनलाइनमा हुनेछ ।
ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको कुल प्राईज १२ लाख रुपैयाँ रहेको छ । जसमा पब्जीमा ९ लाख, मोबाइल लेजेण्ड्समा २ लाख र ई फुटबलमा १ लाख रुपैयाँ राखिएको छ ।
यस बर्ष कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुदको प्रचारप्रसारमा सहयोग पु¥याउने उदेश्यले ई स्पोर्ट्सको पहिलो राष्ट्रिय प्रतियोगिताको लागि सुर्खेतलाई छनौट गरिएको छ । आधुनिक प्रबिधिको खेलको रुपमा विश्वभर उदाएको ई स्पोटर््सको राष्ट्रिय प्रतियोगिताको आयोजनाबाट कर्णाली प्रदेशमा ठुलो प्रभाव छाड्ने अपेक्षा आयोजकले लिएको छ ।
संवाददाता । शुक्रबार, असार १४, २०८१ मा प्रकाशित