सुर्खेत । ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको उद्घाटन गरिएको छ । ई स्पोटर्् संघ नेपालको आयोजना र कर्णाली प्रदेश ई स्पोटर्् संघको सह–आयोजनामा असार १४ र १५ गते कर्णाली प्रदेशको सुर्खेतमा प्रतियोगिताको कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरेका हुन् ।
ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको उद्घाटन गर्दै पूर्वमुख्यमन्त्री शर्माले कर्णालीमा पहिलोपटक ई स्पोर्ट्सको प्रतियोगिता भएकोमा खुसी व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले कर्णालीमा यसै बर्ष हुने दशौँ राष्ट्रिय खेलकुदको प्रचारप्रसारमा ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, “पब्जीलाई नेपालमा बैधानिक भएसंगै यसको विकास तिब्र गतिमा भइरहेको छ । राज्यले पनि यसमा लगानी गर्न सुरु गरेको छ । यसका सकारात्मक र नकारात्मक पक्षहरुलाई मनन गर्दै यसको विकासमा सबै लाग्नुपर्छ ।”
प्रतियोगितामा पब्जी मोवाईल, मोबाइल लेजेण्ड्स र ई फुटबल खेल समावेश गरिएको छ । प्रतियोगिताको छनोट चरणमा पब्जीमा १ सय ३६ टिम, मोबाईल लेजेण्ड्समा ४० टिम र ई फुटबलमा १ सय ९३ खेलाडी सहभागि भएका थिए ।
छनौट चरणबाट अन्तिम चरणमा पुगेका पब्जी मोबाइलका १५ टिम र स्थानीय टिमको रुपमा टिम कर्णालीले सिधै अन्तिम १६ मा प्रवेश पाएको छ । पब्जीको फाइनल शुक्रबार र शनिबार राति सुर्खेतको कौशिक भेन्युमा हुँदैछ । यस्तै मोबाइल लेजेण्ड्स र फुटबलको फाइनल बिहिबार राती र शुक्रबार अनलाइनमा हुनेछ ।
ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको कुल प्राईज १२ लाख रुपैयाँ रहेको छ । जसमा पब्जीमा ९ लाख, मोबाइल लेजेण्ड्समा २ लाख र ई फुटबलमा १ लाख रुपैयाँ राखिएको छ ।
यस बर्ष कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुदको प्रचारप्रसारमा सहयोग पु¥याउने उदेश्यले ई स्पोर्ट्सको पहिलो राष्ट्रिय प्रतियोगिताको लागि सुर्खेतलाई छनौट गरिएको छ । आधुनिक प्रबिधिको खेलको रुपमा विश्वभर उदाएको ई स्पोटर््सको राष्ट्रिय प्रतियोगिताको आयोजनाबाट कर्णाली प्रदेशमा ठुलो प्रभाव छाड्ने अपेक्षा आयोजकले लिएको छ ।
संवाददाता । शुक्रबार, असार १४, २०८१ मा प्रकाशित