सुर्खेत । सुर्खेत हस्पिटलमा मानसिक रोग विशेषज्ञ सेवा थप गरिएको छ । अब सुर्खेत हस्पिटलबाट मानसिक रोग विशेषज्ञ डाक्टर अभिलाषा गिरीबाट नियमित मानसिक रोग सम्बन्धि सेवा लिन सकिने छ ।
हरेक दिन विहान ७–९ बजेसम्म र बेलुका ४–६ बजेसम्म डाक्टरद्वारा विशेषज्ञ सेवा लिन सकिने हस्पिटलले जनाएको छ ।
सुर्खेत हस्पिटलका अनुसार डिप्रेसन, मन उदास, निरास हुनु, जाँगर फुर्ती कम हुनु, केहि गर्न मन नहुनु, काममा ध्यान नहुनु बिर्सनु, आत्मबल कमजोर हुनु, नकारात्मक सोच आउनु, आफुँलाई दोषी मान्नु, बिरक्त लाग्नु, आत्महत्या गर्ने सोच आउनु, भोक कम लाग्नु, निद्रामा समस्या आउनु, यौन दुर्बलता हुनु, तनाब, मन डराउनु, ढुकढुकि हुनु वा बढ्नु, धेरै पसिना आउनु, सास फेर्न गाह्रो हुनु, छाति भारी हुनु, हातखुट्टा ,शरिर झम्झम गर्नु वा पोल्नु, वाकवाक लाग्नु, रिङटा लाग्नु, छारेरोग, धेरै समय बेहोस हुने, धेरै समय देखि टाउको दुखिरहनु, धेरै उपचार गरेर निको नभएको समस्याहरु, साइकोसिस, धेरै झर्किने, धेरै शंका गर्ने,धेरै डराउने, एक्लै हास्ने, नभएको आवाज सुन्ने जस्ता समस्या भएका विरामीहरुले हस्पिटलबाट विशेषज्ञ सेवा लिन सक्नेछन् ।
यस्तै चुरोट, खैनी, जाँड रक्सी वा अन्य लागुपदार्थको लत भएमा पनि मानसिक रोग विशेषज्ञ सँग परामर्श गर्न सकिने छ ।
विरामीले ०८३–५२५४१७ र ९८०२५६५२०४ नम्बरमा फोन सम्पर्क गरि नाम दर्ता गराउँन सक्नेछन् ।
संवाददाता । शुक्रबार, असार २१, २०८१ मा प्रकाशित