सुर्खेत । नेपाल बाल संगठन सुर्खेतको सभापतिमा किरण किशोर सापकोटा चयन हुनुभएको छ । वीरेन्द्रनगर सुर्खेतमा आइतवार भएको औपचारिक कार्यक्रममा जिल्ला बाल संगठनको साधारण सभाले सापकोटालाई सभापतिमा छनोट गरेको हो ।
‘माइ ग्रीन एण्ड क्लिन स्कुल’ अभियानका अभियन्ता समेत रहेका सापकोटाले वातावरण संरक्षणमा ठूलो भुमिका निर्वाह गर्नुभएको छ । उहाले विधालयमा बगैँचा निर्माण , जेब्राक्रस निर्माण, जन्मदिनको अबसरको रुख रोप्ने साथै व्यानर रहित सहर जस्ता थुप्रै अभियान र सामाजिक कामहरु गर्दै आउनुभएको छ ।
नेपाल बाल संगठन सुर्खेतको सभापति चयन पछि बोल्दै सापकोटाले आफ्नो कार्याकालमा नेपाल बाल संगठनलाई उचाईमा पुर्याउने बताउनुभयो, बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित यो संस्था सभापती भएकोले सुर्खेतमा भएका यस्ता समस्या समाधान गर्न र अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षा लागयतका अवस्थामा सुधार गर्न लागि पर्ने उहाँले बताउनुभयो ।
नेपाल बाल संगठनको जिल्ला कार्यसमिति नौ सदस्यीय हुने व्यवस्था छ । कार्यसमितिको पदावधि चार वर्षको हुन्छ । अन्य पदाधिकारी तथा सदस्यहरुलाई आफ्नो पहिलो बैठकबाट मनोनित गरिने सभापति सापकोटाले जानकारी दिनुभयो ।
संवाददाता । सोमबार, चैत १४, २०७८ मा प्रकाशित