Karnali Media
२०८३ साउन ५ , मंगलबार

मुकुल ढकालले मागे प्रहरी सुरक्षा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले सुरक्षा व्यवस्थाको माग गरेका छन् । उनले उपसभापति स्वर्णिम वाग्लेको सचिवालयबाट आफूलाई कुट्ने धम्की आएको आरोप लगाउँदै सुरक्षाकर्मी माग गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन… लगायत अनेक भनेकाले, हिजै राती इलाकाको डिएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।


प्रकाशित मिति : २०८१ असार ३१ गते आइतबार