परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ। सिंहदरबास्थित परराष्ट्र मन्त्रालयमा शुक्रबार दिउँसो उनीहरूबीभ शिष्टाचार भेटवार्ता भएको हो।
भेटका क्रममा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धका विविध पक्षहरूका साथै द्विपक्षीय हितबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
साथै, पारस्परिक लाभका विविध पक्ष, विकास तथा साझेदारीका विषयमा समेत छलफल भएको जनाइएको छ।
संवाददाता । शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित