Karnali Media
२०८३ असार २ , मंगलबार

सुर्खेतमा वसन्तीय नवरात्र अनुष्ठान महोत्सवको कानुन मन्त्री हिम बहादुर शाहिबाट उद्घाटन




सुर्खेत । महायोगि सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान शाखा सुर्खेतद्वारा वसन्तीय नवरात्र अनुष्ठान महोत्सव आयोजना गरेको छ । आज देखि विरेन्द्रनगर ५ गणेश मन्दिरमा रहेको महायोग साधना स्थलमा सुरु भएको उक्त कार्यक्रम चैत २७ गतेसम्म संचालन हुने उक्त कार्यक्रमको आज उद्घाटन समारोहमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाही, सुर्खेतका विभिन्न क्षेत्रमा कार्यरत कर्मचारी, जनप्रतिनिधि, लगायत महायोग साधना केन्द्रका विभिन्न व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

पानसमा बत्ती बालेर उद्घाटन गर्दै मन्त्री शाहिले धार्मिक क्षेत्रको बिकासमा प्रदेश सरकार र आफू सदैव सकारात्मक भएको बताउनुभयो । धार्मिक ज्ञ्यान र यसको महत्वका बारेमा प्रष्ट पार्दै मन्त्री शाहिले भौतिक संरचना निर्माण र यसको विस्तारमा पनि लाग्ने बताउनुभयो ।


उद्घाटन समारोहका अध्यक्ष तथा माहायोगी सिद्धबाबा आध्यात्मिक प्रतिस्ठान साखा सुर्खेतका अध्यक्ष दुर्गा प्रसाद गौलिले कार्यक्रमले हाम्रो संस्कृती बचाउन सहयोग पुर्याउने बताउनुभयो उहाँले यो कार्यक्रम हाम्रो पहिचान सङ्ग जोडियको पनि स्पष्ट पार्नुभयो ।

नौ दिनसम्म चल्ने यस नवरात्र अनुष्ठानमा विहान दिउसो र साझ विभिन्न कार्यक्रमहरु हुने उद्घाटन समारोहका संचालक हरि उपाध्यायले बताउनुभयो । साथै यो कार्यक्रम नौ दिनसम्म विरेन्द्रनगर ५ गणेश मन्दिरमा रहेको महायोग साधना स्थलमा हुनेछ ।

प्रकाशित मिति : २०७८ चैत १९ गते शनिबार