सुर्खेत । कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सहभागी ४ जना मन्त्रीहरुले आइतबार सपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाउइ प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन ।
कांग्रेसबाट सामाजिक विकासमन्त्रीमा दैलेखका घनश्याम भण्डारी , आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका राजीवविक्रम शाहले सपथ लिएका छन् भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सल्यानका सुरेश अधिकारीले सपथ लिएका छन् । जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा हुम्लाकी विजया बुढाले सपथ लिएकी छिन् ।
संवाददाता । आइतबार, साउन २०, २०८१ मा प्रकाशित