सुर्खेत । सुर्खेतमा ३ दिने आधारभुत कुखुरापालन तालिम सम्पन्न भएको छ । छिमेक लघुवित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय सुर्खेतको आयोजनामा कुखुरापालन तालिम सम्पन्न भएको हो ।
आधारभुत कुखुरापालन तालिममा ३० जना सदस्यहरुको सहभागिता रहेको थियो । संस्थाले सुर्खेतमा भदौ ११ गते देखि १३ गते सम्म तालिम सञ्चालन गरेको थियो ।
तालिममा कुखुराको परिचय, जात, खोर व्यवस्थापन, सोत्तर व्यवस्थापन, ब्रुडर तथा कुखुराको रोग सम्बन्धी जानकारी प्रदान गरिएको छ । तालिममा सहभागिलाई चेत राज बोहराले प्रशिक्षण दिएका थिए ।
पशु अधिकृत डा. यज्ञ पाण्डेले तालिमको सहजिकरण गर्दै तालिमलाई अझै प्रभावकारी बनाउन कुखुरामा जैबिक सुरक्षा र पशुपन्छी सम्बन्धी नगरपालिकाबाट पाउने सेवा सुबिधा बारे जानकारी दिएका थिए । सुर्खेत शाखामा कार्यरत मान बहादुर रानाले कर्जा र कर्जा जोखिमबारे जानकारी प्रदान गरेका थिए ।
तालिममा सहभागि सदस्यहरुले परम्परागत रुपमा व्यवसाय गर्दै आएको भएपनि अहिलेसम्म प्राविधिक जानकारी नभएको बताउँदै यो तालिम पश्चात व्यावसायिक कुखुरापालन गर्नमा सहयोग पुग्ने बताए ।
संवाददाता । शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित