Karnali Media
२०८३ असार ८ , सोमबार

हराएको ३५ वर्षपछि घर फर्किए प्रकाश



काठमाडौं । हराएका वर्षहरूका मुख्य पात्र प्रकाश तामाङ ९काले मोक्तान० घर फर्किएका छन् ।

हेर्ने कथा युट्युब च्यानलमार्फत परिवारसँग सम्पर्कमा पुगेका प्रकाश आफ्नो घर भोजपुर फर्किएका हुन् । उनलाई गृह जिल्ला भोजपुर फर्कने क्रममा सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा स्थानीय जनप्रतिनिधि लगायतले स्वागत गरेका थिए ।

पत्रकार विद्या चापागाईँले गोरखाको चुमभ्यालीमा उनलाई भेटेपछि उनको ३५ वर्षपछि परिवारसँग पुनर्मिलन भएको हो ।


३५ वर्षदेखि परिवारसँग सम्पर्कविहीन भएका प्रकाशको पुनर्मिलनको कथा हेर्ने कथा अहिले चर्चामा छ ।

 

प्रकाशित मिति : २०८१ भदौ १५ गते शनिबार