सिमकोट । गुणस्तरीय सडक निर्माण नभएको हिमाली दुर्गम जिल्ला हुम्लामा तीन वर्षमा यहाँका विभिन्न क्षेत्रमा ३३ वटा दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा जिप, ट्र्याक्टर, डोजर (स्काभेटर) गरी छ वटा दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए । उक्त वर्षमा एकजना बालकको जिप दुर्घटनामा परी मृत्यु भएको थियो । दुर्घटनामा परी छ जना घाइते भएका थिए ।
आव २०७९÷८० मा विभिन्न स्थानमा १० वटा दुर्घटना भएको थियो । सोही समयमा दुर्घटनामा परी दुई जनाको ज्यान भएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए । उक्त वर्ष महिला र पुरुषगरी २४ जना घाइते भएका थिए । घाइते सबै विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा उपचारपछि घर फिर्ता भएको उनको भनाइ छ ।
यस्तै गतमा जिल्लाका विभिन्न स्थानमा १८ वटा दुर्घटना भएका छन् । दुर्घटनामा परी महिला र बालक एकरएक र पुरुष दुई जनाले ज्यान गुमाएका प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो दिए । यो तीन वर्षमा गत आवमा बढी दुर्घटना हुनुका साथै दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पनि बढी रहेको उनले बताए । यो आर्थिक वर्षमा ३५ जना घाइते भएका थिए । हेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउ विभागले अनुरोध गरेको छ । रासस
संवाददाता । मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित