Karnali Media
२०८३ साउन ४ , सोमबार

‘आज सार्वजनिक बिदा’ भन्दै फेक सूचना बनाएको आशंकामा एक युवक नियन्त्रणमा



काठमाडौँ । गृह मन्त्रालयको फेक सूचना बनाएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

‘आज सार्वजनिक बिदा’ भन्दै गृह मन्त्रालयको फेक सूचना बनाएको आशंकामा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार उक्त युवकले गृह मन्त्रालयको पुरानो सूचनालाई आज ९बुधवार० को सूचना बनाएर सार्वजनिक गरेको आशं‌कामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।


अहिले जिल्ला प्रहरी कार्यालयले ती युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

ती युवकले नै नक्कली सूचना सम्प्रेषण गरेको पुष्टि भए उनलाई सार्वजनिक गर्ने उनले बताए ।

प्रकाशित मिति : २०८१ भदौ १९ गते बुधबार