सुर्खेत । उच्च अदालत सुर्खेत र सुर्खेत जिल्ला अदालतले २१ औं निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।
नेपालमा हरेक बर्षको भाद्र २२ मा देशभरि बिभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइन्छ । “व्यवसायिक र सिर्जनशिल प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने मूल नारा सहित आज द्दज्ञ औ निजामति सेवा दिवस देशै भरी भव्य रूपमा मनाउने क्रममा उच्च अदालत, सुर्खेत र सुर्खेत जिल्ला अदालतले पनि निजामती सेवा दिवस २०८१ को अवसरमा वृक्षारोपण, कार्यालय प्राङ्गणको सरसफाई तथा मैत्रीपूर्ण फुटसल कार्यक्रमको आयोजना गरी निजामती सेवा दिवस मनाएको हो ।
उच्च अदालत सुर्खेत र सुर्खेत जिल्ला अदालतको संयुक्त आयोनामा भदौ २१ गते र २२ गतेका दिन सुर्खेत गोदामलाईन स्थित फुटसल मैदानमा आयोजित मैत्रिपूर्ण फुटसल कार्यक्रममा सुर्खेत जिल्ला अदालतबाट ३ टिम र उच्च अदालत सुर्खेतबाट १ टिम गरी कूल ४ टिमको सहभागिता रहेकोमा सुर्खेत जिल्ला अदालतको तहसित तथा म्याद तामेली शाखा प्रथम, प्रशासन शाखा तथा दायरी शाखा द्वतीय र उच्च अदालत, सुर्खेतको टिमले तृतीय स्थान हासिल गरेको छ ।
फुटसल प्रतियोगिताको समापन समारोहमा उच्च अदालत सुर्खेतका वरिष्ठतम् न्यायाधीश कृष्णलाल भट्टराई, न्यायाधीश माधव धिताल, कर्णाली प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शंकर बहादुर के।सी।, उच्च अदालत सुर्खेतका रजिष्ट्रार विश्वजंग सिजापती, सुर्खेत जिल्ला अदालतका जिल्ला न्यायाधीशद्वय दीपक ढकाल र बसन्तराज जोशी लगायतको उपस्थिति रहेको थियो । समापन समारोहमा आफ्नो मन्तव्य राख्दै उच्च अदालत सुर्खेतका बरिष्ठतम् न्यायाधीश कृष्णलाल भट्टराईले निजामती कर्मचारीहरू शारिरीक तथा मानसिक रूपमा तन्दरूस्त हुदै मन, वचन र कर्मले राष्ट्र सेवामा लाग्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
संवाददाता । शनिबार, भदौ २२, २०८१ मा प्रकाशित