Karnali Media
२०८३ असार २ , मंगलबार

जाजारकोटमा पहिरो जाँदा घरसँगै पुरिएका वडा सदस्य र उनका श्रीमानको मृत्यु



जाजारकोट । जाजरकोटमा पहिरो जाँदा घरसँगै पुरिएका श्रीमान-श्रीमतीको मृत्यु भएको छ ।

आइतबार बिहान २ः५० बजे जाजरकोटको बारेकोट गाउँपालिका(६ तल्लो धुममा मानबहादुर चलाउनेको घर पहिरोले पुरिएको थियो ।

सूचनापछि पुगेको प्रहरी टोली र स्थानीयले चलाउने र उनकी श्रीमती ३८ वर्षीया प्रेमकुमारी चलाउनेलाई मृत अवस्थामा पहिरोबाट निकालेको जाजरकोटका डिएसपी पुरूषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । प्रेमकुमारी वडासदस्य समेत हुन् ।


शनिबार बेलुकादेखिको वर्षाका कारण आएको पहिरोले चार जना सुतिरहेको घर पुरेको थियो । पहिरोले घर पुर्न थालेपछि मानबहादुरका दाइकी छोरी १६ वर्षीया विमला चलाउने भने सकुशल घरबाट निस्कन सफल भएकी थिइन् ।

मानबहादुर र प्रेमकुमारीकी ११ वर्षीया छोरी सम्झना चलाउनेलाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ ।

मृतकको शव पोस्टमर्टमका लागि प्रक्रिया अगाडि बढाइएको डिएसपी पाण्डेले जानकारी दिए।

प्रकाशित मिति : २०८१ भदौ २३ गते आइतबार