Karnali Media
२०८३ असार १६ , मंगलबार

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा



सुर्खेत ।  अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। आइतबार बिहानदेखि अवरद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार राजमार्ग दिउँसो साढे २ बजेबाट सञ्चालनमा आएको हो।

आइतबार बिहान ५ बजेदेखि सडक खुलाउने कार्य सुरु भएको थियो। बिहान ५ बजेदेखि दिउँसो २ बजेसम्म पहिरो हटाएपछि करिब ९ घण्टामा राजमार्ग सञ्चालनमा आएको छ।


गएराति अविरल बर्षाका कारण आएको पहिरोले कालिकोटको गगनेखोला र यसमोडमा पहिरो खसेर सडक अवरुद्ध बनाएको थियो।

पहिरो हटाएपछि रोकिएका मुगु, जुम्ला, बाजुरा, कालिकोटबाट सुर्खेतका लागि छुटेका सवारीहरू आवतजावत भएका छन्।

प्रकाशित मिति : २०८१ भदौ २३ गते आइतबार