Karnali Media
२०८३ असार २ , मंगलबार

रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु



सुर्खेत । रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

अविरल बर्षासँगै मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको रम्बाखोलामा गएराती आएको बाढीले मोटरसाइकल बगाउँदा मुसिकोट नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष ५० का सर्जन पुन र वडा नम्बर ६ बस्ने अन्दाजी बर्ष ३३ को निर्मला थापाको मृत्यु भएको हो ।


आइतबार राती करिब ८ बजेको समयमा साखबाट कानियाँगाउँतर्फ जाँदै गर्दा खोला तर्ने क्रममा मोटरसाइकल सहित उनिहरुलाई बगाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिए ।

मृतक दुबै जनाको शव पोष्टमाटको लागि अहिले जिल्ला अस्पताल सल्ले पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ भदौ २४ गते सोमबार