Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

रवि लामिछानेले सहकारीको पैसा अपचलन गरेको देखिएन



काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ ।

छानबिन विशेष समितिले रास्वपाका सभापति तथा तत्कालीन गोर्खा मिडिया नेटवर्कका प्रबन्धक रवि लामिछानेले सहकारीको रकम अपचलन नगरेको निष्कर्ष निकालेको छ ।

समितिका एक सदस्यका अनुसार लामिछानेले रकम अपचलन नगरेको पाइएको हो ।


समितिले तयार पारेको प्रतिवेदनमा सभापति लामिछानेले सहकारीको रकम मागका लागि कुनै हस्ताक्षर र निर्णय नगरेको उल्लेख गरिएको बुझिएको छ ।

प्रतिवेदनमा लामिछानेलाई कारबाहीको लागि सिफारिस नगरिएको समितिका एक सदस्यले बताए ।

प्रकाशित मिति : २०८१ भदौ ३१ गते सोमबार