सुर्खेत । सुर्खेतमा पनि सांकेतिक भाषाहरुको दिवस मनाउन थालिएको छ। यही असोज ७ गते (सेप्टेम्बर २३) का दिन मनाईने अन्तर्राष्ट्रि सांकेतिक भाषाहरुको दिवस सुर्खेतमा पनि मनाउन थालिएको हो। सुर्खेतमा भेरी बहिरा संघले ¥याली निकालेर दिवस मनाउन लागेको हो ।
¥यालीमार्फत सुनाईसम्बन्धि समस्या भएका व्यक्तिहरुलाई भएको सञ्चारको समस्याबारे समाजलाई अवगत गराईने भेरी बहिरा संघका अध्यक्ष नम्रता भारतीले जानकारी दिईन् । यदि सांकेतिक भाषा जानेका दोभोषेकर्ता भएमा बहिरा व्यक्तिले पनि अरुसरह आफ्ना कुरा राख्न सक्छन् भन्ने दिवसलक्षित ¥यालीमार्फत देखाईने उनले बताईन् । बहिरा व्यक्तिले केही गर्न सक्दैनन् भन्ने समाजको भ्रम हटाउनु आवश्यक रहेको अध्यक्ष भारतीले बताईन् ।
दिवसका अवसरमा सोमबार १० बजेदेखि वीरेन्द्रनगरमा ¥याली निकालिने छ। उक्त ¥यालीमा सुनाईसम्बन्धि अपांगता भएका व्यक्तिलगायत विविध अपांगता भएका व्यक्ति तथा सरोकारवालाहरु सहभागी हुनेछन् ।
संयुक्त राष्ट्र संघ (युएन) ले सन् २०१७ मा सांकेतिक भाषाहरुको दिवस मनाउने निर्णय गरेको थियो। युएनको उक्त निर्णयपछि सन् २०१८ सेप्टेम्बर २३ को दिनलाई सांकेतिक भाषाहरुको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो ।
सुनाइसम्बन्धि अपाङ्गता भएका व्यक्तिहरुको पहिचान तथा सांकेतिक भाषाको महत्व, आवश्यकतालाई विश्वभर फैलाउन दिवसलाई महत्वपूर्ण मानिएको छ । तथ्याङ्कअनुसार विश्वभर करिब ७ करोड मानिस सुनाइसम्बन्धि अपांगता भएका छन् । २०७८ को गनगणनाअनुसार नेपालमा ५१ हजार ३७३ नागरिकमा यस्तो खालको अपांगता छ। तथ्याङ्क विश्लेषणअनुसार नेपालमा ९ हजार ६५५ जनालाई सांकेतिक भाषा आवश्यक पर्दछ ।
संवाददाता । शनिबार, असोज ०५, २०८१ मा प्रकाशित