Karnali Media
२०८३ असार २ , मंगलबार

‘कर्णालीमा लैङ्गिक विभेद तथा कानुनी प्रवधान’ कार्यक्रम सम्पन्न



सुर्खेत । नेपाल स्काउट र फिनल्याण्ड पार्टनरसिप अन्तर्गत “स्काउट पिस एण्ड सेक्युरिटी”को आयोजनामा “कर्णालीमा लैंगिक विभेद र कानूनी प्रावधान” शीर्षकमा २२५० डिस्कसन इभेन्ट कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको कार्यक्रममा कर्णालीमा विद्यमान लैङ्गिक विभेद र कानुनी प्रवाधानको बारेमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

अझैपनी कर्णालीमा विविध कारणले लैंगिक विभेद बढिरहेकोले यसको न्यूनीकरणका लागि आम नागरिक र समाजले गर्नुपर्ने कर्तव्य र कानुनमा भएका प्रावधानको कार्यान्वयनका सवालमा  कार्यक्रममा छलफल भएको थियो ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल, नेपाल स्काउट कर्णाली प्रदेश प्रमुख आयुक्त कमल बोहोरा, पूर्वमुख्य न्यायाधिवक्ता एवम् नेपाल ल एसोसिएट्स ल फर्मका अधिवक्ता मातृका प्रसाद खनाल र आवाज सुर्खेतको निर्देशक पवित्रा गिरीले कर्णालीमा लैंगिक विभेद र कानूनी प्रावधानका बारेमा आफ्नो प्रस्तुति राखेका थिए । साथै सहभागीहरुले उठाएका प्रश्नहरुमा पनि छलफल भएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल कर्णालीमा लैङ्गिक विभेद अझैपनी व्यप्त रहेकोले यसको न्यूनिकरणका लागि कानुन निमार्णमा महिला तथा पिछडिएका क्षेत्रको व्यक्तिको अनिवार्य सहभागिता र नेतृत्वमा सबैको पहुँच पुराउनुपर्ने बताईन ।

कर्णाली ओपन स्काउट क्रू तथा स्काउट पिस एण्ड सेक्युरिटीका सदस्य प्रकाश काफ्लेको सभाअध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययानरत विद्यार्थी र स्काउटमा आवद्ध विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममको संचालन रेन्जर दिक्षिता शाहीले गरेकी थिइन् ।

तस्बिरहरु:

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतबार