सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १६ निवासी गोविन्द रानाको उपचारार्थ उठाएको सहयोग रकम उनकी छोरीको पालनपोषणमा खर्च गरिने भएको छ ।
मुटुको भल्भमा समस्या देखिएपछि उपचार गराइरहेका रानाको मृत्यु भएपछि उनको उपचारार्थ सहयोग उठेर बाँकी रहेको रकम उनकी ४ बर्षिया छोरीको पालनपोषणमा खर्च गरिने भएको हो ।
मृतक रानाकी दिदी पूर्णकला छन्तेलका अनुसार देश तथा विदेशबाट उपचारार्थ विभिन्न सहयोगी व्यक्तिहरुले पठाएको ३ लाख २९ हजार ७ सय ३४ रुपैयाँ सहयोगमा करिब २ लाख ५० हजार बचेको हुँदा उक्त रकम उनकी छोरीको पालनपोषणमा खर्च गरिने जानकारी दिइन् ।
मुटुको भल्भमा समस्या देखिएर उपचार गराइरहेका गोविन्द रानाको उपचारार्थ सहयोग उठाउन समाजसेवी टिकाराम रानाको मुख्य भूमिका रहेको थियो । यस्तै स्थानीय पदम रानाको समन्वयमा सहयोग रकम उठाइएको छन्तेलको भनाइ छ । विभिन्न व्यक्तिहरुले सहयोग गर्दा पनि आफ्नो भाइलाई बचाउँन नसकिएकोमा दुःख व्यक्त गर्दै उनले समस्यामा परेको बेला देश तथा विदेशबाट आफ्नो छाक काटेर सहयोग गर्ने सबैलाई आभार समेत प्रकट गरेकी छन् ।
मृतक गोविन्द रानाको घरमा अहिले उनकी श्रीमती, ४ बर्षिया छोरी र आमा मात्रै रहेका छन् । घरका एकमात्र साहार रहेको गोविन्दको २७ बर्षकै उमेरमा मृत्यु भएपछि राना परिवार अहिले शोकमा डुवेको छ ।
ज्याला मजदुरी गर्न भारत गएका गोविन्द राना एक्कासी स्वास्थ्यमा समस्या आएपछि गत असारमा घर फर्किएका थिए । स्वास्थ्य समस्या बढ्दै गएपछि उनले सुर्खेतकै एक अस्पतालमा उपचार गरे । उपचार पश्चात मुटुमा समस्या भएको भनेपछि थप उपचारका लागि उनी शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा गएर उपचार गरे । त्यहाँ उपचार गर्दा उनको मुटुको भल्भमा समस्या देखिन्छ । न्यून आर्थिक अवस्था भएका रानालाई उपचारार्थ सहयोग गर्न विभिन्न व्यक्तिहरुले सहयोग उठाउँछन् । तर उनको उपचार सम्भव हुदैन । रानाको उपचारकै क्रममा भदौ १० गते मृत्यु भएको थियो ।
उनको उपचारमा सुरुवातबाटै विभिन्न सहयोग गर्दै आएका स्थानीय युवा धर्मराज लामिछानेको पहलमा समाजसेवी रमेश सापकोटा र उपेन्द्र खड्काले उनको उपचारका क्रममा यातायात लगायतको सहयोग समेत गरेका थिए ।
गोविन्द रानाको उपचारका क्रममा मृत्यु भएपछि उनको उपचारार्थ उठेका सहयोग रकम उनकी छोरीको पालनपोषणमा खर्च गरिने छ ।
उपचारार्थ उठेको सहयोग रकमको विवरणः
संवाददाता । मङ्गलबार, असोज १५, २०८१ मा प्रकाशित