Karnali Media
२०८३ असार १४ , आइतबार

सुर्खेती गीतकार टिकाराम ढकालको दशैं तिहार विशेष गीत सार्वजनिक



नेपाल आईडल सिजन पाँचका विजेता करण परियारको स्वर एवं गीतकार टिकाराम ढकालको शव्द रचना रहेको दशैं तिहार विशेष गीत सार्वजनिक भएको छ।

ख्यालै ख्यालैमा हजुर भैयो बन्धकी बोलको मर्मस्पर्शी गीतमा विदेशमा कार्यरत रही चाडपर्वमा आफ्नो गाउँघर आउन नपाउँदाको दुखः पीडालाई देखाउन खोजिएको छ। विशेष गरी हिन्दु धर्मालम्बी नेपालीहरुको महान चाड दशैं र तिहारलाई एक प्रदेशीले आफ्नो परिवारसँग मनाउन नपाउँदाको वास्तविक कथा व्यथालाई समेटेर निर्माण गरिएको उक्त म्यूजिक भिडियोमा उमेशजंग ठकुरी, स्मारिका ढकाल, सुरवीर पंडित (दारीबा), हुमा भण्डारी एवं बाल कलाकार आरोभ ढकालको मुख्य अभिनय रहेको छ।

निजामती सेवाको उपसचिव पदमा कार्यरत गीतकार टिकाराम ढकालको शव्दलाई युवा संगीतकार बिपी वाग्लेले संगीत एवं भद्र वलीको एरेन्ज गरेका हुन् भने रक कौशलको छायाँकन, उक्त भिडियोमा बिपी वाग्लेको निर्देशन रहेको उक्त भिडियो ओएसआर डिजिटल युट्यूब च्यानलबाट असोज १८ गते शुक्रबार रिलिज भएको हो ।


भिडियो हेर्नः

प्रकाशित मिति : २०८१ असोज २२ गते मंगलबार