दैलेख । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले विगत र वर्तमान दुल्लु उस्तै रहेको बताएका छन ।
दुल्लु स्थित पटांगिनीमा पार्टीले आयोजना गरेको चुनाव लक्षित कार्यक्रमलाई संवोधन गर्दै शाहीले दुल्लुमा कुनै विकास नभएको र धुलोले दिउँसै रात परेकोमात्र आफुले देखेको भन्दै कडा आलोचनाको साथ विकासले गति लिन नसकेको बताएका छन ।
गणतन्त्रमा अहिले लुटतन्त्र मच्चिरहेको वर्तमान अवस्थामा दुल्लु एतिहासिक क्षेत्र तथा पवित्र भुमि भएको भएपनि जति बजेट आएपनि कार्यकर्ता र जनप्रतिनिधिको मोजमस्तिमा खर्च भएको उनको धारणा थियो । संवोधनको क्रममा उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले विकासको रणनिति लिएकोले सबैले बेलैमा सोच्नुपर्नेमा जोडदिए ।
संवाददाता । सोमबार, चैत २८, २०७८ मा प्रकाशित