Karnali Media
२०८३ जेठ २६ , मंगलबार

सुर्खेतमा नेकपा एकीकृत समाजवादीका बिद्यार्थी तथा युवाहरुद्वारा शक्ति प्रदर्शन



सुर्खेत । नेकपा एकीकृत समाजवादी पार्टिको चुनावि अबसर पारेर युवा बिद्यार्थीको संयुक्त आयोजनामा शक्ति प्रदर्शन गरेको छ । आज सोमवार सुर्खेतको विरेन्द्रनगरमा बाईक र्याली गरेर युवा तथा बिद्यार्थीहरुले शक्ति प्रदर्शन गरेका हुन ।

बाईक र्यालि मंगलगडि चोकबाट सुरु भएर राजाचोक, भैरवस्थान, बाङ्गेसिमल, कालिंचोक हुदै पिपलचौतारामा कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै विभिन्न बिद्यार्थी तथा युवा नेताहरुले आफ्ना विचारहरु राखेका थिए ।


उक्त कार्यक्रममा अनेरास्ववियू स्थायी कमिटि सदस्य मिलन बि सी, युवा संघ सचिवालय सदस्य खडक थापा मगर, युवा संघ प्रदेश उपाध्यक्ष धुर्व थापा, प्रदेश सचिव कमल कृष्ण पौडेल, अनेरास्ववियू सचिवालय सदस्य उब्जन बुढा, केन्द्रिय सदस्य उमेश तिवारी,युवा संघ विरेन्द्रनगर अध्यक्ष,पिपुल भोलिन्टियर सुर्खेत संयोजक भरत पुरी लगायत विभिन्न वडाबाट प्रतिनिधित्व गर्दै युवा संघका नेताहरुको उपस्थित थिए ।

बाईक र्यालीका केही तस्वीरहरु

प्रकाशित मिति : २०७८ चैत २८ गते सोमबार